दार्चुला – जिल्लाको मालिकार्जुन गाउँपालिकाले बालविकास शिक्षक र विद्यालय कर्मचारीलाई बढेको तलब दिने भएको छ । गाउँपालिकाको मंगलबार बसेको गाउँ कार्यपालिकाको बैठकले बालविकास शिक्षक र विद्यालय कर्मचारीका लागि सरकारले तोकेको मासिक १५ हजार रुपैयाँ तलब दिने निर्णय गरेको हो ।

सरकारले बालविकास शिक्षकलाई विगतमा मासिक ६ हजार मात्रै पारिश्रमिक उपलब्ध गराउँदै आइएकामा आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा उक्त पारिश्रमिक वृद्धि गर्दै १५ हजार पुर्याउने घोषणा गरेको थियो ।

गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षक तथा विद्यालय कर्मचारीहरुले अब भने बढेको तलब पाउने भएका छन । हाल गाउँपालिकाभरीमा ३८ जना बालविकास सहजकर्ता तथा ५८ जना विदालय कर्मचारीगरी ९६ जनारहेका छन ।

यसअघि जिल्लाको नौगाड, अपिहिमाल, मार्मा र लेकम तथा महाकाली नगरपालिकाले बढेको तलब दिने निर्णय गरिसकेको छ। भने बाकी रहेका व्यासँ ,दुहुँ, शैल्यशिखर नगरपालिकाले बालविकास शिक्षक र विद्यालय कर्मचारीलाई बढेको तलब दिने बारे निर्णय गर्न सकेको छैन ।
यस्तै गाउँपालिकाको बैठकले मालिकार्जुन गाउँपालिका भित्रका सामुदायिक विदालयहरुमा कार्यरथ स्वयमसेवक शिक्षण सहजकर्ताहरुलाई नेपाल सरकारले तोके अनुसारको न्युनतम पारिश्रमिक उपलब्ध गराउने जनाएको छ । गाउँपालिका भित्रका सामुदायिक सिकाई केन्द्रमा कार्यरथ सामुदायिक सिकाई सहजर्ताहरुको न्युनतम पारिश्रमिक उपलब्ध गराउने निर्णय भएको गाउँपालिका अध्यक्ष नरेन्द्र सिह धामीले जानकारी दिए ।

बैठकले गाउँपालिकाभरी रहेका स्वाँस्थ्य तथा आयुर्वेद शाखामा कार्यरथ कर्मचारीहरुलाई पनि न्युनतम पारिश्रमिक उपलब्ध गराउने निर्णय भएको गाउँपालिका अध्यक्ष धामीले बताए । उनीहरुले अब देखि स्वपरले १५ हजार कार्यालय सहयोगिले १६ हजार अहेब अनमी ल्याबमा काम गर्ने कर्मचारीहरुले १९ हजार रुपैँया पारिश्रमिक पाउने बताइएको छ ।

बैठकले सिआरडियस नेपाल द्धारा गुड नेवर्सइन्टरनेसलको आर्थिक सहयोगमा संञ्चालित सामुदायिक विकास परियोजना अन्तरर्गत शिक्षा र आर्यआजनका क्षेत्रमा सन २०२२ मा २ सय जना स्पोन्सर बालबालिका मध्ये १ सय जना बालबालिकाहरुलाई प्रायोजित गर्न लागत साझेदारी गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

मालिकार्जुन गाउँपालिकाभित्रमा सामुदायिक विदालयहरुको आर्थिक वर्ष २०७६÷०७७ र २०७७÷०७८ लेखा परीक्षण गर्न लेखापरीक्षकहरु सुचिकृत गर्न सुचना आह्वान गर्ने जस्ता निर्णय गरेको छ ।

गाउँपालिकाबाट आर्थिक वर्ष २०७९÷०८० मा संघिय सरकार मार्फत कार्यान्वय हुने सम्पुरक तथा विशेष अनुदानका लागि योजना छनोट गरी प्रदेश सरकारलाई पठाउने जनाएको छ । गाउँपालिकामा कार्यरथ एम्बुलेन्स चालकहरुलाई प्रोत्साहन जोखिम भत्ता उपलब्ध गराउने हालै गाउँकार्यपालिका सदस्य एवम न्यायिक समितिका सदस्य स्वर्गीय कुशराम ओडको निधन भएकोमा उक्त न्यायिक समिति सदस्यमा मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष गोपाल सिह धामीलाई मनोनयन गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । वैठकमा गाउँपालिका अध्यक्ष नरेन्द्र सिह धामीको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय