दार्चुला । जिल्ला भरका लागि कक्षा १२ को ग्रेड वृद्धि परीक्षा केन्द्र एक मात्रै तोकिएको छ । शिक्षा विकास तथा समन्वय इकाइ दार्चुलाका प्रमुख जयराज पन्तका अनुसार सदरमुकामस्थित महेन्द्र नमुना माध्यमिक विद्यालय खलंगामा जिल्लाभरको परीक्षा केन्द्र तोकिएको जानकारी दिए।
कक्षा १२ को ग्रेडवृद्धि परीक्षा अगामी माघ २ र ३ गते बिहान ११ बजेदेखि हुने तय भएको छ। दुई विषयसम्मको ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था रहेको छ। ग्रेडवृद्धि परीक्षामा दार्चुला जिल्लाभरीबाट २५० जना विद्यार्थी सहभागी हुने जनाइएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले जिल्लामा एकमात्रै परीक्षा केन्द्र तोक्दा परीक्षार्थीलाई समस्या हुने जनाइएको छ। परीक्षा बोर्ड एउटा मात्रै केन्द्र तोकेकोले अब केन्द्र थप गर्न नसकिने शिक्षा विकास तथा समन्वय इकाइ दार्चुलाले जनाएको छ।