दार्चुला । जिल्लामा २ हजार ५ सय ४२ नयाँ मतदाता थपिएका छन् । स्थानीय तहमै पुगेर मतदाता नामावली संकलन गर्न निर्वाचन आयोगले संचालन गरेको विशेष अभियानअन्तर्गत नयाँ मतदाता थपिएका हुन् । थपिएका कुल संख्यामध्ये महिला १ हजार २ सय २९ र पुरुष १ हजार ३ सय १३ रहेका छन् ।
जिल्ला निर्वाचन कार्यालय दार्चुलाका कार्यालय प्रमुख प्रदिप धामीका अनुसार दुई चरणमा सम्पन्न गरेको मतदाता नामावली संकलन १७ मंसिरदेखी ९ पुससम्म संचालन भएको थियो । पहिलो र दोस्रो चरणको विशेष कार्यक्रमअन्तर्गत सो संख्यामा मतदाता थपिएका हुन् ।
थपिएकामध्ये जिल्लाको ब्याँस गाउँपालिकामा ४३ महिला, ६० पुरुष गरी १ सय ३, दुहुँ गाउँपालिकामा १ सय ६६ महिला, १ सय ३० पुरुष गरी २ सय ९६, मालिकार्जुन गाउँपालिकामा ८५ महिला, १ सय २४ पुरुष गरी २ सय ९, लेकम गाउँपालिकामा १ सय ६० महिला, १ सय ५५ पुरुष गरी ३ सय १५, शैल्यशिखर नगरपालिकामा १ सय ६८ महिला, १ सय ५८ पुरुष गरी ३ सय २६, मार्मा गाउँपालिकामा ६७ महिला, १ सय ३ पुरुष गरी १ सय ७०, नौगाड गाउँपालिकामा १ सय ५५ महिला, १ सय ८३ पुरुष गरी ३ सय ३८ र अपिहिमाल गाउँपालिकामा १६ महिला, ३१ पुरुष गरी जम्मा ४७ जना मतदाता थपिएका छन् ।
पहिलो चरण अन्तर्गतनै विशेष अभियान चलिरहेको समयमा जिल्ला प्रशासन कार्यालय दार्चुलामा २ सय ५६ महिला, २ सय ४२ पुरुष गरी जम्मा ४ सय ९८ जना मतदाता थपिएको कार्यालयले जनाएको छ ।
सो अवधिमा जिल्ला निर्वाचन कार्यालय दार्चुलामा १ सय १२ महिला, १ सय २३ पुरुष गरी २ सय ३५ जना थपिएका छन । जिल्ला निर्वाचन कार्यालयको (इम्च्) मा ५ जनाको नाम दर्ता भएको छ ।
दार्चुलामा ७ वटा गाउँपालिका र २ वटा नगरपालिका छन । जिल्लामा २ वटा निर्वाचन क्षेत्र रहेका छन् । २०७४ सालको निर्वाचनामा जिल्लाको कुल मतदाता संख्या ७८ हजार ५ सय १३ रहेको थियो ।