दार्चुला । नेपाल कम्युनिष्ट पाटी एमाले दार्चुलाको आठौँ जिल्ला अधिवेशन पुस शुक्रवार देखी हुने भएको छ । दार्चुला जिल्ला सदरमुकाम खलंगामा सुरु हुने अधिवेसनको तयारी अन्तिम चरणमा रहेको प्रचारप्रसार विभाग प्रमुख खडक बडालले जानकारी दिए ।
कार्यक्रमस्थलको सरसफाइ गर्ने, स्वागत गेट तपार गर्ने, प्रचारसामाग्री तथा झण्डा, व्यानर बनाउने काम लगभग सकिएको उनले बताए ।

जिल्ला अधिवेसनका लागि जिल्लाभरीबाट ७ सय ७५ जना प्रतिनिधि सहभागि हुने भएका छन । बुधबार बसेको जिल्ला कमिटी पदाधिकारी वैठकले विशिष्ट र १५ वटा जनबर्गिय संगठनहरुबाट ३७ जना प्रतिनिधि मनोनित गरेसंगै अधिवेसन प्रतिनिधिको संख्या ७ सय ७५ पुगेको हो ।

जिल्ला अधिवेसन आयोजक कमिटीका १ सय ८० जना सदस्यहरु पदेन जिल्ला अधिवेसन प्रतिनिधि हुने बताइएको छ । दार्चुलामा ६१ वडाबाट ५ सय ११ जना, महाकाली र शैल्यशिखर नगर कमिटीबाट ६÷६ जनागरी १२ जना र मालिकार्जुन, लेकम, मार्मा, दुहुँ, अपिहिमाल, नौगाड र व्याँस गाउँकमिटीबाट ५÷५ जना गरी ३५ जना प्रतिनिधि चयन गरिएको छ ।

आठौँ जिल्ला अधिवेसनबाट अध्यक्ष, पदाधिकारी तथा नेतृत्वका लागि आकाक्षिं नेताहरु अधिवेसन प्रतिनिधिहरुसंग सम्पर्क गर्न थालेका छन् । अधिकासं जिल्ला स्तरीय नेताहरु दार्चुला सदरमुकाम खलंगा पुगिसकेका छन भने प्रतिनिधिहरु समेत खलंगा आउने क्रम सुरु भएको छ ।

सातौँ जिल्ला अधिवेसनबाट जिल्ला कमिटी उपाध्यक्ष चयन हुनुभएका उदय बडाल, सचिव ज्ञानेन्द्र घर्ती, पूर्व सचिव मोहनसिह धामी, नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामी, अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्याल, लेकम गाउँपालिका अध्यक्ष परमानन्द जोशी लगायत नेताहरु समेत जिल्ला अध्यक्षका आकांक्षि रहेको बताइएको छ । अध्यक्ष र सचिवको जिम्मेवारी कसले पाउछन भन्ने विषयलाई चासोका साथ हेरिएको नेताहरु बताएका छन् । सकेसम्म सहमतिमै नेतृत्व चयन गरिने नेताहरुले वताएका छन ।

जिल्ला अधिवेसनको लागि एमाले पोलिटब्युरो सदस्य, प्रदेश सह–इन्चार्ज एबं दार्चुला इन्चार्ज गणेशसिंह ठगुन्ना पुस पहिलो सातादेखि गृहजिल्ला दार्चुलामै रहनुभएको छ । देशभर पुस २३ गते शुक्रबार देखिनै जिल्ला अधिवेसन आयोजना गरिएको र भर्चुअल माध्यमबाट केन्द्रीय अध्यक्ष केपी सर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको नेकपा एमालेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय