दार्चुला । मानसरोवर स्पोर्ट क्लवद्धारा नयाँ वर्ष २०२२ को उपलक्ष्यमा आयोजित कबडी प्रतियोगितको विजेता टिम भिडि मेमोरियल फाउन्डेशन दार्चुला नेपाल रहेको छ । जवहर सिंह नब्याल स्टेडियम धारचुलामा शनिवार संचालन भएको उक्त प्रतियोगितामा ३ टिमलाई पछि पार्दै भिडि मेमोरियल फाउन्डेशन दार्चुला नेपाल प्रथम भएको कबडी प्रशिक्षक एवम रेफ्री नविन जोशीले जानकारी दिए ।
अन्र्डर १७ खुल्ला कबडी प्रतियोगितामा छात्र तर्फ प्रथम स्थान हात परे भने छात्रा तर्फ दोस्रो स्थानमा चित्त बुझाउनु पर्यो ।
प्रथम पुरुष्कार स्वरुप राष्ट्रिय स्तरको खेलमा समावेश गरिने र प्रमाणपत्र सहित मेडल दिईएको छ । प्रतियोगितामा छात्र तर्फ ३ र छात्रा तर्फ २ टिमको सहभागिता रहेको थियो ।
फाईनल खेल भिडि मेमोरियल फाउन्डेशन दार्चुला नेपाल र पिथौरागढ टिम विच भएको थियो । जसमा भिडि मेमोरियल फाउन्डेशन दार्चुला नेपालले ३० मिनेटको समयाअवधिमा ३८ अंक प्राप्त गर्यो भने पिथौरागढले २२ अंक मात्र ल्याउन सफल भयो । १६ अंकको अग्रताका साथ भिडि मेमोरियल फाउन्डेशन दार्चुला नेपाल प्रथम भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय