काठमाडौं । गायिक सानु महराको स्वरमा ‘माया गर्ने मान्छे’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ । विगत लामो समयदेखि नेपाली गीत–संगीतको क्षेत्रको अध्ययन गरिरहेकी सानुले पहिलो प्रस्तुतिको रुपमा उक्त गीतको भिडियो सार्वजनिक गरेकी हुन् ।

दुई वर्ष अगाडिदेखि फेसबुक पेजमा स्पन्दन नामक साहित्यिक कार्यक्रम चलाउँदै दर्शक तथा श्रोताको मन जित्न सफल सानुको उक्त गीतको भिडियो डिएआर मुभिजको च्यानल मार्फत सार्वजनिक भएको छ । उक्त गीतमा तुलसी बाँस्कोटाको शब्द तथा सनम पुरुष राईको संगीत रहेको छ भने रोशन वान्तवाले संगीत संयोजन गरेका छन् ।

गीतको भिडियोमा कमला नेपाली, अंकीता डाँगी, रमेश बन गोसाईं, वर्षा श्रेष्ठ र कमल विष्टको अभिनय रहेको छ । नेत्र विष्टको छायाँकन र आयुष वि।सी।को निर्देशन रहेको भिडियोको रंग संयोजन कृष्ण गौतमले गरेका छन् । नेपालबहस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय