अंकित कुँवर, बैतडी ३० पुष । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं. ९ गोकुलेश्वरमा नेपाली कांग्रेशको क्षेत्रीय कार्यालय उद्घाटन गरिएको छ । प्रदेश सभा क्षेत्र नं. (ख) को पार्टी कार्यालय उद्घाटन गरिएको नेबिसंघ दार्चुलाका सदस्य कृष्णसिह रावलले सिद्धटोपि खबरलाई बताउनुभयो । कार्यालय उद्घाटन गर्दै मन्त्री बडूले नौगाड र चमेलिया तटबन्धमा बजेट विनियोजन गरिएको बताउनुभयो । उक्त कार्यक्रममा ६ जना एमालेबाट र ४ जना शिक्षक गरी १० जनाले कांग्रेशमा प्रवेश गरेको बताउनुभयो ।

प्रदेश क्षेत्र नं. (ख) का कांग्रेश सभापति केशव बहादुर सिंहको अध्यक्षतामा सञ्चालित कार्यक्रममा कांग्रेश केन्द्रीय सदस्य एबं कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूको प्रमुख आतिथ्यता रहेको थियो ।

केही दिन यता गृहजिल्ला भ्रमणमा रहनुभएका मन्त्री बडू शुक्रबार गोकुलेश्वरमा नेपाली कांग्रेशको क्षेत्रीय कार्यालय उद्घाटन गर्दै राजधानीतर्फ प्रस्थान गर्नुभएको छ । दार्चुलामा रहदा मन्त्री बडूले दुहुँ गाउँपालिकाका बाढीपिडितसंग भेटघाट, खलंगामा न्यायिक समिति र निःशुल्क कानुनी सहायता सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सहभागि हुनुका साथै खलंगामा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागिता जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय