बैतडी २ माघ । शनिबार र आइतबार गरी बैतडीमा थप ११ जनामा कोरोना पुष्टि भएको छ । दशरथचन्द नगरपालिकाका ४ जना , आइतबार पञ्चेश्वर गाउँपालिकाका ५ जना, पुर्चौडी नगरपालिकाका १ जना र सुर्नया गाउँपालिकाका १ जनागरी ११ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको सङख्या ३१ जना पुगेको स्वास्थ्य कार्यालय बैतडीका स्रोत व्यक्ति चन्दन सुवेदीले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा ११ जना, पाटन नगरपालिकामा ६ जना, पञ्चेश्वर गाउँलिकामा ५ जना, पुर्चौंडी नगरपालिकामा ३ जना, मेलौली नगरपालिकामा २ जना, सिगास गाउँपालिकामा २ जना , सुर्नया गाउँपालिकामा १ जना र जिल्ला बाहिरका एकजना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय