दार्चुला – जिल्ला अस्पताल दार्चुलामा पहिलो पटक अक्सिजन प्लान्ट जडान गर्ने तयारी गरिए पनि अक्सिजन उत्पादन हुन सकेको छैन । यसले गर्दा उत्पादन प्रभावित भएको छ । विद्युत आपुर्तिमा देखिएको समस्याका कारण अस्पतालमा अक्सिजन उत्पादन गर्न नसकिएको हो ।
अस्पतालमा केन्द्रिय प्रशारण लाइन जोडिएको छ तर उक्त विद्युतको भोल्टेज भरपर्दाे नभएकाले जिल्लामै अक्सिजन उत्पादनमा समस्या देखा परेको जिल्ला अस्पताल दार्चुलाका प्रशासन प्रमुख आन सिह डागाले जानकारी दिए ।
हिजो मात्रै जिल्ला अस्पताल दार्चुलामा अक्सिजन प्लान्ट जडान गर्नका लागि हेल्थ कियर सप्लार्यस काठमाण्डौबाट प्राविधिक टोली जिल्ला पुगेको बताए उनीहरुले आजबाट पाइपलाईन जडानको काम गरिरहेको जनाएको छ ।
प्रशासन प्रमुख डागाका अनुसार केन्द्रिय प्रशारण लाइनको विजुलीको क्षमताले अक्सिजन उत्पादन गर्न पुग्दैन । हाल जिल्ला अस्पताल दार्चुलामा २५ केभिए मात्रैको विद्युत आपुर्ति भएकोमा थप विद्युत आपुर्ति गर्नमा समस्या देखिएको बताए हुन ।
अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न कम्तिमा ३३ केभिए प्रसारण लाईनको विद्युत आवश्यकता पर्छ त्यो हामी संग छैन यसले गर्दा समस्या भएको छ उहाँले भन्नु भयो । महाकाली नगरपालिका वडा नम्बर ४ अन्तरर्गत पर्ने (भौराबगड) क्षेत्रमा विद्युत प्राधिकरणले ५० केभिए क्षमताको ट्रान्सफर्मर जडान गरेको छ ।। उतm ट्रान्सफर्मरले २५ केभिए प्रसारणलाईन अन्तदिएपछि जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडानमा समस्या भएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ । विद्युत प्राधिकरणले नयाँ ट्रान्सफर्मर ल्याउन अस्पताललाई भनेपनि अस्पतालसंग ट्रान्सफर्मर खरिद गर्न बजेट अभाव भएकाले खरिद गर्न नसकिएको जनाएको छ ।
अहिले अस्पतालमा अक्सिजनको अभाव त छैन । पहिले नै ल्याइएका सिलिन्डरहरुमा अक्सिजन मौज्दात रहेको छ अहिले त्यही बाट काम चलिरहेको छ । अक्सिजन प्लान्ट त्यसै थन्क्याएर राख्ने हो भने अक्सिजन धेरै आवश्यक परेको बेलामा समस्या हुने नागरिकको चिन्ता छ ।
अहिलेसम्म दार्चुलामा अक्सिजनको जोहो हुन सकेको छैन । दोस्रो लहरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अक्सिजनको व्यवस्थापनका लागि जिल्लास्थित व्यवसायी तथा अन्य व्यक्तिले अक्सिजन सिलिण्डर जम्मा गरेर ल्याएर प्रयोग गरिएको थियो । जिल्लामा कोरोनाको दर पुनः उकालो लाग्न थालेको छ ।
जिल्लामा कोरोना रोकथामका लागि जनचेतनामूलक कार्यक्रम गर्ने, माक्स तथा स्यानिटाइजर वितरण गर्न थालिएको छ । कोरोना बढ्न थालेपछि मेला महोत्सव तथा भीडभाडका कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यलयले रोक लगाएको प्रमुख जिल्ला अधिकारी दीघ राज उपाध्याले जानकारी दिनुभयो ।कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोन नेपालमा समेत पुष्टि भइसकेपछि जिल्लामा उच्च सतर्कतासमेत अपनाउन थालिएको छ ।
छिमेकी राष्ट्र र भारतबाट जिल्ला भित्रिनेका लागि जिल्लाको प्रमुख नाकाहरुमा चेकजाचमा कडाइ गरेको प्रहरीले जनाएको छ । स्वास्थ्य कार्यालय स्वास्थ्य सचेतना जगाउन, जनस्वास्थ्यका मापदण्ड पालना गर्न लगाउन, लक्षण देखिएका घरमै बस्ने र स्वास्थ्य संस्थामा जाँच गराउन जुटेको छ । महेन्द्रनगर पोस्ट