दार्चुला साउन २४ । ब्यास गाउँपालीका वडा नं. २ का ३३ वर्षिय जयसिह धामी वेपत्ता घटनाको छानविनमा गत मंगलवार दार्चुला आएको टोली विभिन्न निकायका ब्याक्तिहरु सँग छलफलमै ब्यस्त रहेको छ । गृह मन्त्रालयका सह–सचिव एवं छानविन समितिका संयोजक जनार्दन गौतम नेतृत्वको समितिले शुक्रवार पीडित परिवारसँग नेपाली सेनाको हेलीक्याप्टरवाट ब्यासको मालमै पुगी भेटघाट गरेको छ । छानविन समितिले घटनाका प्रत्यक्षदर्शी र राजनितिक दलका प्रतिनिधिहरूसँग पनि कुराकानी गरिरहेको जनाएको छ ।
साउन १७ मा गठन गरिएको समितिले १० दिनभित्र छानविन प्रतिवेदन बुझाउनु पर्ने छ । नेपालको मालघाटवाट भारतको वाटो हुदै वैदेशिक रोजगारीको सिलसिलामा काठमाडौं जाने सपना वुनेका धामी भारतीय सुरक्षा वल एसएसवीले तुईन फुकाली दिदा वेपत्ता भएका हुन्न् । उनको अझै पनि सव फेला परेको छैन् ।

घटना छानवीनमा संलग्न समितिले जयसिंह तुइनबाट खसेको घटनास्थल मालघाट नेपाल र भारततर्फको गस्कु घाटको अवलोकन गरिसकेको छ । समितिले आफ्नो छानविन सोधपुछमै केन्द्रित गरेको जनाएको छ । सरोकारवालासँग सोधपुछ जारी रहेको जानकारी दिँदै छानविन समिति संयोजक गौतमले सवै ठाँउवाट सूचना संकलन भैरहेको जानकारी गराउदै गहिरो ब्याख्या विश्लेषण गरेर रिपोर्ट बुझाउँने वताएका छन् ।
स्थानीयले गस्कुघाटमा एसएसबीले तुइन फुकालीदिदा धामी बेपत्ता भएको बताएपनि भारत पक्षले दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र मार्फत सो घटनामा एसएसबीको कुनै पनि संलग्नता नभएको जिकिर गर्दै आईरहेको छ । सहसचिव गौतम नेतृत्वको छानविन टोलीमा प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका एसएसपी सुरेश कुमार श्रेष्ठ र दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय