
दार्चुला, साउन २५ गते ।
पहिचान सहितको संघीयता र स्वायत्तताको लागी संविधान संसोधन हाम्रो अभियान, धर्म निरपेक्षता र पूर्ण समानुपातिक व्यस्थाका लागी हाम्रो आन्दोलन भन्ने मुल नाराका साथ ब्याँसी शौका समुदायले २७ औ विश्व आदिवासी दिवस मनाएको छ । दिवसको अवसरमा बोल्दै मालिकार्जुन माध्यमिक विद्यालय धापका प्रधानाध्यापक सुन्द्ररसिह बुढाथोकीले आफ्नो परम्परागत संस्कृति संरक्षण गर्न एक दिन ठुलो भाषण गरेर मात्रै नहुने भन्दै आफ्नो संस्कृति र पहिचानलाई व्यवहारमा ल्याई संरक्षण गर्नु पर्ने वताए ।
व्याँस गाउँपालिकाका न्यायिक समिति सदस्य विरेन्द्र बुढाथोकीले सरकारको २०७८÷०७९को नीति तथा कार्यक्रममा रं भाषाको लिपिका लागी बजेट ल्याइसकेको भन्दै चाडै लिपी पनि प्रकाशित हुने बताए । व्याँसी शौकासमाजका अध्यक्ष यशोधा तिकंरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी व्याँस गाउपालिकाका प्रबक्ता तथा वडा नं. २ का वडा अध्यक्ष धिरनसिह बुढाथोकी रहेका थिए ।
व्याँसी शौकासमाज दार्चुलाले आयोजना गरेको उक्त कार्यक्रममा विशिष्ट अतिथि व्याँस गाँउपालिका वडा न १ का वडाअध्यक्ष अशोक सिह बोहोरा रहनु भएको थियो भने कार्यक्रमको संचालन समाज सेवी करन सिह बुढाथोकीले गर्नु भएको थियो । कार्यक्रममा समाजका अग्रजब्याक्तित्वहरुले आप्mनो परम्परागत संस्कृतिमा आजको पुस्ताले विशेष ध्यान दिई संरक्षणमा लाग्नु पर्ने धारण राख्नु भएको थियो ।
संयुक्त राष्ट्रसंघको सन् १९९४ डिसेम्बर २३ मा बसेको महासभाले पहिलो पटक ९ अगष्त लाई विश्व आदिवासी दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । सन १९८२ मा आदिवासी बारेमा उठेका सवाल सम्बोधन निम्ति कार्यदल गठन गरिएको थियो । नेपालका आदिवासी जनजातिले समेत सन् १९९५ देखि यो दिवस मनाउदै आएका छन ।