प्रेमराज जोशी
दार्चुला साउन २६ । दुहुँवासी युवा सचेत नागरीकले दार्चुला तिंकर सडकखण्डमा संचालीत जिप ब्यवसायीहरुले मनपरी रुपले भाडा उठाईरहे भन्दै जिल्ला प्रशाशन कार्यालय दार्चुलामा निवेदन दिएका छन् । दार्चुला तिंकर सडकखण्ड अन्तर्गतको लास्कु खोला देखी दुहुँ गाउँपालिका वडा नं. ५ चल्लेगाडा सम्मको जम्मा १२÷१३ किलोमिटरमा प्रति ब्याक्ति ३ सय रुपैयाँका दरले भाडा उठाईरहेको भन्दै युवा सर्कलले दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीलाई निवेदन गरेका हुन्न ।

जवाफमा सहायक प्रमुख जिल्ला अधिकारी जोशीले यो हप्ता भित्रै भाडाका विषयमा छलफल गरी आवश्यक निर्णय लिने वताउनु भयो । सोमवार मात्रै ट्राफिक कार्यालय दार्चुलामा परेको निवेदनले मंगलवार वाट ३ सय मा ३० रुपैया कम लिईरहेको जिल्ला ट्राफिक कार्यालय दार्चुलाका अशैइ हिक्मत महतले वताए ।
शिद्धटोपी खवरसँग कुरा गर्दै उहाँले आजवाट पुर्णरुपमा समितिले कायम गरेअनुसार भाडा दर लागु भएको भन्दै कोहि कसैले भाडा तोकीएको भन्दा वढी लिए यात्रुलाई खवर गर्न आग्रह गर्नु भयो । आज मात्रै ४ जिपहरुलाई कार्वाही गरेको समेत वताए । लास्कुखोला देखी गरमोरा खोला सम्म १ सय ९० रुपैयाँ कायम गरीएको छ ।
केहि वर्ष अगाडिवाट जिल्ला प्रशासन वाट अस्थायी रुट परिमिट पाएको उक्त सडक खण्डमा चल्ने सवै प्रकारका सवारी साधनहरुले वेला वेलामा यात्रुहरुलाई लुटीरहेका छन् । दैनिक सदरमुकाम खलंगा बजार आउन र लास्कुखोलावाट घर नपुगी विच वाटैमै अर्थात चल्लेगाडा सम्मको जिल्ला भाडा दर समितिले तोकेभन्दा पनि वढी १ सय रुपैया भाडा असुली रहेको पाईएको छ ।

स्थानिय सरकार दुहु गाउँपालीका अन्तर्गगत पर्ने सो सडक खण्डको वारेमा स्थानीय सरकारले कुनै सहजिकरण नगरेको भन्ने आरोप लाग्दै आईरहेको छ ।
गाउँपालीका उपाध्यक्ष ईश्वरी जोशीलाई यो विषयमा वुझ्दा प्रशाशनले तोकेभन्दा वर्षातको समय भएका कारणले केहि तलमाथि हुन सक्ने भन्दै तत्काल जिल्ला प्रशाशन कार्यालय दार्चुला, जिल्ला ट्राफिक कार्यालय दार्चुला, जिप ब्यवसायी समितिसँग छलफल गरी सहजिकरणको भुमिका निर्वाह गर्ने वताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय