काठमाण्डौ १० माघ । काठमाण्डौमा अपाङ्गता भएका व्यक्तिलाई सार्वजनिक गाडीमा ओहोरदोहोर गर्न सजिलो होस् भन्ने हेतुले चढ्ने र ओराल्ने ठाउँ तोकिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले पहिलो चरणमा काठमाण्डौको पुरानो बसपार्कमा यस्तो ठाउँ तोकिदिएको हो । अपाङ्गता भएकाहरुलाई ओहोरदोहोरमा सहज बनाउन अझै यस्ता सुविधा थप्दै जाने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिनुभयो ।
महाशाखाले पुरानो बसपार्कमा ‘फरक क्षमता भएका व्यक्तिहरूलाई मात्र चढाउने र ओराल्ने ठाउँ’ लेखिएको बोर्ड पनि राखेको छ ।