दार्चुला : कोरोना संक्रमण बढ्दै गएपछि त्यसको रोकथाम तथा न्यूनिकरण गर्न प्रहरीले मास्क अभियानलाई प्रभावकारी बनाउन सक्रियता देखाएको छ । प्रहरीले जिल्लामा ‘तपाईको मास्क खै ?’ अभियान संचालन गरेर सचेत गराइरहेको छ ।
मास्क अभियान प्रभावकारी बनाउन सोमवार दार्चुलाका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले आफैँ सडकमा उत्रिएर मास्क विना हिडडुल गर्नेलाई सचेत गराउँदै मास्क वितरण गरेका थिए । कोरोना भाइरसको नयाँ स्वरुप ’ओमिक्रोन’ को संक्रमणलाई मध्यनजर गर्दै मास्क लगाउन अभिप्रेरित गर्न सचेतनामूलक कार्यक्रम गरिरहेको प्रहरी प्रमुख भट्टले बताए ।
साथै उनले आम सर्वसाधारणहरूलाई अनिवार्य रुपमा मास्कको प्रयोग गर्न अनुरोध गरेका छन् । दार्चुलामा धेरैजसोले मास्कको प्रयोग गरिरहेको पाइएको छ । dfm