बैतडी १३ माघ । बैतडीमा बिहीबार थप ३५ जनामा कोरोना पुष्टि भएको छ । जिल्लाका विभिन्न स्थानमा गरिएको परीक्षणमा थप ३५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति चन्दन सुवेदीले बताउनुभयो ।
आज मेलौली नगरपालिकाका १८ जना, पाटन नगरपालिकाका ७ जना, दशरथचन्द नगरपालिकाका २ जना, पुर्चौंडी नगरपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिकाका एक÷एक जनामा कोरोना पुष्टि भएको हो । यस्तै जिल्ला बाहिरका ५ जनामा पनि कोरोना पुष्टि भएको कार्यालयले जनाएको छ ।
बिहीबार थप ३५ जनामा कोरोना पुष्टि भएसंगै सक्रिय संक्रमितको संख्या १९८ पुगेको छ । सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा ५४ जना, पाटन नगरपालिकामा ४३ जना, मेलौली नगरपालिकामा २६ जना र पुर्चौंडी नगरपालिकामा १४ जना रहेका छन् । यस्तै सिगास गाउँपालिकामा ८ जना, पञ्चेश्वर गाउँपालिकामा ५ जना, सुर्नया गाउँपालिकामा ३ जना, दोगडाकेदार गाउँपालिकामा २ जना र डिलाशैनी गाउँपालिकामा एकजना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै बैतडीमा जिल्ला बाहिरका ४२ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।