अंकित कुँवर बैतडी, १३ माघ । बैतडीको मेलौली नगरपालिकामा कार्यरत ५ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सपना कार्कीले बताउनुभयो ।
नगरपालिकाले आज एक सूचना प्रकाशित गर्दै अर्को सूचना जारी नभए सम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जनाएको छ ।
एन्टीजेन परीक्षणमा नगरपालिकामा कार्यरत ५ जना कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।