काठमाडौं साउन २६ । नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले त्यागको जिम्मेवारी सबै आफूहरुको नरहेको बताएका छन् । संस्थापनइतर जिल्ला सभापतिहरूको बैठकलाई सम्बोधन गर्दै नेता सिंहले इतिहासमा गणेशमान सिंहले त्यागेको भन्दैमा अहिलेपनि प्रकाशमानले त्याग्नुपर्छ भन्ने नरहेको बताए । ‘पहिले गणेशमान सिंहले त्याग्नुभयो अहिले प्रकाशमानले त्याग्नुपर्ने रु यो त भएन नि । मलाई पनि देशभरका साथीले अगाडि बढ्नु भनेका छन्’ सिंहले भने ।
उनले पार्टी नेतृत्वका लागि आफूले दावी गर्नु स्वभाविक रहेको भन्दै जिल्ला सभापतिहरुले पनि बोल्नुपर्ने बताए । उनले विधान र संविधान बमोजिम महाधिवेशन नगर्नु भनेको डेट एक्सपायर भइसकेको औषधीले बिरामी निको पार्न खोजे झै भएको बताए । जिल्ला सभापतिहरूको सुझाव अनुसार क्रियाशील सदस्यता विवाद टुंग्याउन र विधिसम्मत महाधिवेशन गर्न निर्णायक पहल गर्नुपर्ने सिंहको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय