
दार्चुला साउन २७ । ब्याँस गाउँपालीकाले सुन्सेरा स्वास्थ्यचौकी लाई प्रभावकारी वनाउन विभिन्न प्रयासहरु गरेको छ । मानिसका आधारभुत आवश्यकता मध्ये महत्वपुर्ण आवश्यकताका रुपमा रहेको अति संवेदनशिल क्षेत्र स्वास्थ्यमा आर्थिक वर्ष २०७७÷०७८ मा गाउँपालीकाले महत्वपुर्ण काम गरेको पाईएको छ ।
विधुत को अभावमा २४ औ घण्टा बर्थिङ सेन्टर लाई तथा अन्य आकस्मिक स्वास्थ काम गर्न सहज हुनेगरि स्वास्थ्य चौकीमा सडक सोलार बत्ति जडान, स्वास्थ्य चौकिको खानेपानि समस्या लाई मध्यनजर गर्दै जुनसुकै समयमा खानेपानि नियमितताका लागि छुट्टै मुलबाट स्वास्थ्य चौकीको खानेपानि व्यवस्था, कार्यालय का कामकाज हरुलाई सहज र छिटो ,मर्यादित व्यवस्थापन गर्न कम्प्युटर तथा प्रिन्टर को व्यवस्थापन, स्वास्थ्य संस्था लाई एउटा कार्यालयको रुप दिन विभिन्न फर्निचर कुर्सी, कार्पेट, टेबुल तथा अन्य सामग्रि व्यवस्था, नियमित रुपमा ल्याव सेवा सञ्चालनका लागि तथा अन्य स्वास्थ सेवा सञ्चालनका लागि बिद्युत जडान, प्रविधिअनुकुल संस्थागत कार्यक्रम हरु नेट्वर्किङमार्फत सहज गर्न भाई नेट जडान, जिर्ण रुपमा रहेका सौचालयहरुको पुनः मर्मत तथा व्यवस्थापन, नेपाल सरकारबाट निशुल्क औषधि बाहेक अन्य स्वास्थ्य सुरक्षाका सामग्रि लगायत विभिन्न दृघरोगिका औषधि, स्वास्थ्य संस्थालाई आवश्यक कर्मचारी व्यवस्थापन जस्ता महत्वपुर्ण काम गरेको गाउँपालीकाको कार्यालय सुन्सेराले जनाएको छ । स्थानिय सरकारले स्वास्थय क्षेत्रमा गरेको योगदानले स्वास्थ्यकर्मी लगायत स्थानियहरुलाई निकै सहज भएको स्थानियहरुले वताएका छन् ।