दार्चुला । ब्लड क्यान्सर बाट पिडित महाकाली नगरपालिका वडा नम्वर १ कि ममता कुवर लाई दुहुँ गाउँपालिका वडा नम्वर २ घर भई हाल महेन्द्रनगर वस्ने मनोज बहादुर बमले नगद ५ हजार रुपैया सहयोग गरेको छ ।
ममता वचाउ अभियान मार्फत स्वर्गीय दौले बमका नाति उत्तम बहादुर बमका छोरा मनोज बहादुर बमले ब्लड क्यान्सर पीडित बालिका कुवरलाई उपचारका लागि सहयोग गरेका हुन्न । शुक्रबार मनोजका दाजु लाेकेन्द्र बमले ममताका आफन्तलाइ उक्त रकम हस्तान्तरण गरेका हुन । राजधानीको महाराजगंन्ज स्थित टिचिङ हस्पिटलमा उपचाररत वालिका कुवरलाई ममता वचाउ अभियान मार्फत अहिले सम्म पौने ४ लाख सम्म सहयोग संकलन भएको छ । डेढ महिना अगाडि देखी उपचार गराईरहेकि वालिका कुवरको अहिले स्वास्थ्यमा सुधार भैरहेको पारिवारिक श्रोतले जनाएको छ । उनको सानै उमेरमा वुवाको मृत्यु भएकाले परिवारको आर्थिक स्थिति कमजोर रहेकोले अहिले विभिन्न संघ संस्था र ब्याक्तिहरुवाट सहयोग प्राप्त भैरहेको छ । वालिका कुवरको उपचारका लागि उनी संग रुपैयाँ को अभाव रहेकाले सहयोगका लागि सम्पुर्ण संग अनुरोध समेत गरेकि छन । यसअघि पनि उत्तम बमले दुहुका बाढीपीडित परिवारलाई बगलोरमा काम गर्ने कम्पनीबाट २४ लाख रुपैयाँ र आफ्नो ब्यक्तिगत तर्फवाट रु १ लाख सहयोग प्रदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय