दार्चुला । भारतले बनाइरहेको तटबन्धका बारेमा दार्चुलाबाट निर्वाचित सांसद गणेशसिह ठगुन्नाले सरकारको ध्यानाकर्षण गराएको छ ।
सासंद ठगुन्नाले परराष्ट्रमन्त्री नारायण खड्का मार्फत भारतले निर्माण गरिरहेको महाकाली नदिको तटबन्धको कार्य रोक्न ध्यानाकर्षण गराइएको वताईएको छ ।
जिल्ला सदरमुकाम क्षेत्रभित्र महाकाली नदीमा भारतीय पक्षबाट नदीको प्रवाह प्रभावित हुनेगरि तटबन्ध निर्माण भैरहेकोले उक्त कार्य तत्काल रोक्न नेपाल सरकारले भारत सरकारसँग सार्थक पहल गर्नुपर्ने माग गरेका छन ।
२०७० सालको बाढीबाट दार्चुला सदरमुकाम लगायत अन्य क्षेत्रमा ठुलो जनधनको क्षति भएकाले भारतले आफुले निर्माण गरेकोे पुरानो तटबन्ध भन्दा ७ देखि १० मिटर सम्म भित्र आएर निर्माण कार्य गरिरहेकोले नेपालतर्फ भविस्यमा झन जोखिम हुने संकेत गरेका छन ।
त्यस्तै सिमा नदीमा तटबन्ध निर्माण गर्दा निश्चित अन्तराष्ट्रिय मान्यताहरु पालना गर्नुपर्ने भएता पनि भारतले एकतर्फी रुपमा तटबन्ध निर्माण कार्य संचालन भईरहेकोले नेपाल सरकारले भारत सरकारको ध्यानाकर्षण गराई तत्काल रोक लगाउन पहल गरिनुपर्ने उल्लेख गरेका छन् । दुई देशका प्रतिनिधि सम्मिलित टोलीको प्रतिवेदन अनुसार मात्र निर्माण कार्य अगाडी बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक पहलकदमी गर्नुपर्ने माग राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय