दार्चुला । माघ १६ अर्थात (भोली) आईतवार राष्ट्रिय प्रजातन्त्र पाटी जिल्ला कार्य समिति दार्चुलाले सहिद दिवस मनाउने भएको छ । शनिवार जिल्ला अध्यक्ष विरसिह बडालको अध्यक्षतामा बसेको बैठकले सहिदहरुको सम्झनामा आईतवार सहिद दिवस मनाउन लागेको हो । कोभिड १९ को स्वास्थ्यका मापदण्ड अपनाएर सहिद दिवसमा उपस्थित हुन सरोकारवलाहरुलाई राप्रपा जिल्ला कार्य समिति दार्चुलाले अनुरोध गरेको छ । राप्रपा जिल्ला कार्यालयमा हुने सहिद दिवस विहान १० बजे हुने भएको छ । अरु ठुला राजनितिक दलहरुले सहिद दिवसलाई वेवास्ता गर्ने गरेका छन ।