दार्चुला । ब्लड क्यान्सर बाट पिडित महाकाली नगरपालिका वडा नम्वर १ कि ममता कुवर लाई महाकाली नगरपालिकाका उपप्रमुख सुना वोहरा र वडा नम्वर ४ का अध्यक्ष पुष्कर राज जोशीले नगद ५/५ हजार रुपैया सहयोग गरेका छन।
ममता वचाउ अभियान मार्फत उपमेयर वोहरा र वडा अध्यक्ष जोशीले ब्लड क्यान्सर पीडित बालिका कुवरलाई उपचारका लागि सहयोग गरेका हुन्न । आईतवार ममताका आफन्तलाइ उक्त रकम हस्तान्तरण गरेका हुन । राजधानीको महाराजगंन्ज स्थित टिचिङ हस्पिटलमा उपचाररत वालिका कुवरलाई ममता वचाउ अभियान मार्फत अहिले सम्म ४ लाख सम्म सहयोग संकलन भएको छ । डेढ महिना अगाडि देखी उपचार गराईरहेकि वालिका कुवरको अहिले स्वास्थ्यमा सुधार भैरहेको पारिवारिक श्रोतले जनाएको छ । उनको सानै उमेरमा वुवाको मृत्यु भएकाले परिवारको आर्थिक स्थिति कमजोर रहेकोले अहिले विभिन्न संघ संस्था र ब्याक्तिहरुवाट सहयोग प्राप्त भैरहेको छ । वालिका कुवरको उपचारका लागि उनी संग रुपैयाँ को अभाव रहेकाले सहयोगका लागि सम्पुर्ण संग अनुरोध समेत गरेकि छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय