दार्चुला : जिल्लाका १२ देखी १७ वर्ष उमेर समुहका सबै बालबालिकालाई कोरोना विरुद्धको मोडर्ना खोप लगाउने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा कोभिड–१९ खोप समन्वय तथा अनुगमन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायको अध्यक्षतामा आज बसेको बैठकले उक्त निर्णय गरेको बताइएको छ । मोडर्ना खोपको पहिलो मात्रा लगाउन छुट भएका जिल्लाका १२ देखी १७ वर्ष उमेर समुहका सबै विद्यार्थी तथा विद्यालय बाहिर रहेकालाई विद्यालयमै रहेका खोपकेन्द्र बाट खोपको पहिलो मात्रा प्रदान गर्ने निर्णय गरिएको स्वास्थय कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिनुभयो ।

   यस्तै २०७८ पौष ५ गते देखी ८ गते सम्म मोडर्ना खोपको पहिलो मात्रा लगाएका सबैलाई पहिलो मात्रा लगाएकै विद्यालयहरुमा खोप केन्द्र राखी माघ २० गते देखी २३ गते सम्म खोपको दोस्रो मात्रा प्रदान गर्ने अर्को निर्णय गरिएको उहाले बताउनुभयो । माघ २० गते देखी २३ गते सम्म १२ वर्ष देखी १७ वर्ष उमेर समुहका बालबालिकाहरुलाई पायक पर्ने खोपकेन्द्रहरुबाट खोप लगाएको सुनिश्चितता गर्ने पनि निर्णय गरिएको बताइएको छ । बैठकमा सरोकारवाला, सुरक्षा निकायका प्रमुख, स्वास्थ्य कार्यालयका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय