दार्चुलामा थप ४ जनामा कोरोना पुष्टि भएको छ । सोमबार गरिएको एन्टिजेन परिक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो । सूचना अधिकारी कार्कीका अनुसार महाकाली नगरपालिकाको पुलघाटमा गरिएको ८ परिक्षणमा २ जना मार्मा गाउँपालिकाका १ जना र मालिकार्जुन गाउँपालिकाका १ गरी ४ जनामा संक्रमण देखिएको हो । सोमबार जम्मा १३ जनामा गरिएको परीक्षणमा ४ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १६५ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय