दार्चुला । जिल्लाका शिक्षण संस्थाहरू माघ मसान्तसम्म भौतिक रूपमा सञ्चालन नगर्न दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले निर्देशन दिएका छन् ।

कोभिड १९ को महामारी नियन्त्रण भइनसकेका कारण माघ मसान्त अघि शैक्षिक संस्था नखोल्न प्रजिअ उपाध्यायले मंगलबार सार्वजनिक सुचना मार्फत निर्देशन दिएका छन। विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा माघ मसान्तसम्म भौतिक रूपमा उपस्थितिमा नगर्न सुचनामा भनिएको छ ।

शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधि अपनाएर सञ्चालन गर्न उनले निर्देशन दिएका छन् । त्यस्तै, जिल्लामा १२ वर्ष देखि १७ वर्ष उमेर समूहका छात्रछात्रालाई दोस्रो मात्रा खोप लगाउन यही माघ २० गते देखि २३ गते सम्म विद्यालय खुलाइने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्ला कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले विद्यार्थीलाई मोर्डना खोपको दोस्रो डोज लगाउन चार दिन विद्यालय खोल्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । त्यस्तै, सबै खाले परीक्षा सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पालन गर्न पनि निर्देशन दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय