बैतडी १९ माघ । बैतडीमा बुधबार संक्रमण हुने भन्दा निको हुनेका सङ्ख्या बढेको छ । आज थप ८ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट परीक्षण गर्दा एक जना र एन्टीजेन विधिबाट परीक्षणबाट ७ जना गरी थप ८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति चन्दन सुवेदीले बताउनुभयो ।

आज संक्रमण पुष्टि हुनेमा पाटन नगरपालिका, शिवनाथ गाउँपालिका र पुर्चौंडी नगरपालिकाका २÷२ जना र मेलौली नगरपालिकाका एक जना रहेका छन् । यस्तै जिल्ला बाहिरका एकजनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या २ सय ३६ पुगेकोे छ । बुधबार जिल्लामा ५१ जना संक्रमणमुक्त भएका स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय