प्रेमराज जोशी दार्चुला साउन २८। भारत संग सिमा जोडिएको दार्चुला जिल्लामा पैसा सटही काउन्टर नहुँदा दैनिक जसो नेपाली मुद्राको भारतीय बजार धारचुलामा अवमुल्यन भइरहेको छ । याहाँका स्थानियले दैनिक उपभोग्यका बस्तु खरिद गर्न देखी लिएर स्वास्थ्य उपचार गराउन सिमावर्ती बजार धारचुला जादा नेपाली मुद्राको दैनिक अवमुल्यन भइरहेको पाइन्छ ।
नेपालको तुलनामा भारतमा केहि सस्तो र गुणस्तरीय समान पाइने भन्ने मानसिकताको विकास भएका कारण याहाँका स्थानिय किनमेलका लागी वर्षौ देखी सिमावर्ती बजार धारचुला जाने गरेका छन् । सिमामा भारतिय सुरक्षाकर्मीबाट बारम्बार दुव्र्यवहार हुँदै आएको भए पनि सिमामा बासोबास गर्ने नेपाली नागरिक सबै जसो समान किन्न धारचुला जाने गरेका छन् ।
विगत देखी नै किनमेलका लागी भारतिय बजार धारचुला जाने गरेका याहाँका स्थानियले सदरमुकाम खलंगामा सटही काउन्टर हुनुपर्ने आवाज उठाइरहेका छन् । ‘दैनिक जसो भारतमा नेपाली मुद्राको अवमुल्यन भइरहेको छ, सरकारले सटही काउन्टर स्थापना गरी स्थानियलाई सहजता दिलाउदै नेपाली मुद्रा अवमुल्यन हुनबाट जोगाउनु पर्छ स्थानिय व्यापारी गणेश दत्त बडुले भन्नुभयो ।’

दैनिक जसो नेपाली मुद्राको भारतमा अवमुल्यन भइरहेको भए पनि नेपाल सरकारले भने सटही काउन्टर स्थापनामा चासो देखाएको छैन् । दैनिक सबै जसो समान किन्न भारतिय बजार धारचुला जाने याहाँका स्थानियहरु विहानै देखी नेपाली बजारका व्यापारीहरु संग भारु पैसा माग्न आग्रह गरिरहेका हुन्छन् । नेपाली व्यापारीहरु संग पनि भारु पैसा नहुने हुँदा उनिहरु धारचुलामा नेपाली मुद्रामै समान किन्न बाध्य छन्, नेपाली मुद्रा अवमुल्यन भइरहेकै छ ।
‘नेपाली व्यापारी संग भारु पैसा भए त दिन्छन उनिहरु संग पनि हुदैनन्, हामीले धारचुला गएर नेपाली १ हजारलाई ६ सय भारुमा चलाउनु पर्छ, स्थानिय महेश भट्टले भन्नुभयो । १ हजार नेपाली पैसालाई ६ सय भारुमा सट्दा ४० रुपैया नेपाली संधै घाटा भइरहेको हुन्छ उहाँले थप्नुभयो ।
यता राष्ट्रिय वाणिज्य बैंक दार्चुलाका प्रवन्ध निर्देशक राजेन्द्र सिंह धामीका अनुसार तत्काल सटही काउन्टर स्थापना गर्ने नेपाल राष्ट्र बैंकको योजना छैन् । देशमा जनयुद्ध हुनु भन्दा पहिले राष्ट्रिय वाणिज्य बंैक दार्चुलाले पैसा सटही गर्ने गरेको उहाँले बताउनुभयो । नेपाली बैंकहरुले जारी गर्ने एटिएम भिजा कार्डबाट अहिले पनि भारतका बंैकहरुमा रु १० हजार सम्म पैसा झिक्न सकिने उहाँको भनाई छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी जोत्सना भट्ट जोशीले सटही काउन्टका लागी जिल्लाबाट अहिले सम्म कुनै किसिमको माग नभएको जानकारी गराउनुभयो । पछिल्लो समय भारतिय बजारहरुमा नेपाली १ हजार रुपैयाँ भारतिय ५ सय ५९ त कतै ५ सय ८० मा कारोबार भइरहेको स्रोतले बताएको छ । भारतिय बजारहरुमा दैनिक रुपमा यसरी नेपाली मुद्राको अवमुल्यन हुँदा सिमाका नेपाली नागरिकलाई प्रति हजारमा रु ४० देखी रु १ सय नेपाली रुपैया सम्म घाँटा हुने गरेको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय