अंकित कुँबर माघ २८ बैतडी । बैतडी दार्चुला लगायतका सुदुरपश्चिमका गाउँहरूका नागरिकहरू अझै परम्परागत पानी घट्टकै प्रयोग गरिरहेको पाईएको छ । शहरबजारहरूमा चक्की बाट कुटानी पिसानी गर्ने गरेको भए पनि गाउँमा पानी घट्ट बढि प्रयोगमा रहेको पाइएको हो ।

स्थानीय स्तरमा उत्पादन गरेका अन्नबाली पिस्नको लागि खोला किनारमा पानी घट्ट बनाएर पुस्तौं देखि दैनिकी चलाउदै आएका छन भने कुटानीको लागी मोचि (ओखल) को प्रयोग हुादै आएको छ । दिनभरि लगाएर पानी घट्टमा पालो पर्खेर गहुँ, मकै पिस्ने गरेको स्थानीय वासीको भनाई छ । सहर–बजारमा विद्युतीय सामानको प्रयोग बढ्दो रहेको छ । धान गहुँ पिस्न वा तेल पेल्न विद्युतीय मोटर जडित मिलको प्रयोग हुने गर्दछ ।

ग्रामीण क्षेत्रमा भने पानीघट्ट नै लोकप्रिय रहेको स्थानीयहरू बताउछन् । दशरथचंन्द नगरपालिकाको घट्टीगाड क्षेत्रमा विद्युत विस्तार भएपनि घट्टमा पिसेको पिठो आधुनिक मिल भन्दा स्वादिष्ट हुनेभएकोले गाउँका स्थानीय बासिन्दाहरूले पानीघट्टकै प्रयोग गर्ने गरेको बैतडीका पत्रकार राजेन्द्र महरले सिद्धटोपी खबरलाई जानकारी दिनुभयो । घट्टमा पिस्दा शुल्क समेत नलाग्ने भएकोले घट्टकै प्रयोग बढि हुने गरेको उहाँको भनाई छ । द.न.पामा मात्रै करिब दर्जन बढि पानी घट्ट रहेका छन् ।

बगेको पानी ठाडो गरी राखिएको काठको सानो कुलेसो जस्तो डुँडबाट जोडले खनिदा काठको सानो मुँढोमा मिलाएर अड्काईएका पोहरामा पर्ने जोडले मानीका साथमा जोडिएको फालीसँगै बाटुलो ढुँगा फनफनि घुम्छ र यही घुमाईसंगै यसले अन्नका दानाहरूलाई पिसेर धुलो बनाउने गर्दछ ।

यसैबिच, कुटाईको लागी मोचि (ओखल) को प्रयोग हुदै आएको छ । काठको लठ्ठी (मुसल) र ढुङ्गामा छेद पारेर कुटाई गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय