
दार्चुला । ब्लड क्यान्सर बाट पीडित महाकाली नगरपालिका वडा नम्वर १ कि ममता कुवर लाई नेपाली कांग्रेस जिल्ला कार्य समिति दार्चुलाले आर्थिक सहयोग गरेको छ । हाम्रो दार्चुला युवा प्रगति संघ नेपालद्धारा संचालित ममता बचाउ अभियानमा कांग्रेस जिल्ला कार्यसमिति दार्चुलाले ११ हजार ३ सय ५५ रुपैया आर्थिक सहयोग गरेको छ ।
जिल्ला कार्यसमिति दार्चुलाले ब्लड क्यान्सर पीडित बालिका कुवरलाई उपचारमा सहयोग पुगोस् भन्ने उदेश्यले सहयोग गरेको हो । शनिवार ममताका आफन्तलाइ उक्त रकम हस्तान्तरण गरेका हुन । राजधानीको महाराजगंन्ज स्थित टिचिङ हस्पिटलमा उपचाररत वालिका कुवरको स्वास्थ्यमा सुधार भैरहेको छ । २ महिना अगाडि देखी उपचार गराईरहेकि वालिका कुवरको अहिले स्वास्थ्यमा निकै सुधार भैरहेको पारिवारिक श्रोतले जनाएको छ ।
उनको सानै उमेरमा वुवाको मृत्यु भएकाले परिवारको आर्थिक स्थिति कमजोर रहेकोले अहिले विभिन्न संघ संस्था र ब्याक्तिहरुवाट सहयोग प्राप्त भैरहेको छ । वालिका कुवरको उपचारका लागि उनी संग रुपैयाँ को अभाव रहेकाले सहयोगका लागि सम्पुर्ण संग अनुरोध समेत गरेकि छन ।