
दार्चुला । नेपाली कांग्रेस दार्चुलाले आफु खुसी विभिन्न पदमा उम्मेदवारी घोषणा गर्नेलाई कार्वाही गर्ने जनाएको छ । आसन्न स्थानीय तहको निर्वाचन लाई लक्षित गरी नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले सम्वन्धित निकायमा छलफल र विना परामर्श आफुखुसी विभन्नि पदमा उम्मेदवारी घोषणा गर्ने गराउनेलाई कार्वाही गर्ने कांग्रेस दार्चुलाले जनाएको छ ।
लोकतान्त्रीक पद्धतीमा आफ्नो चाहाना अनुसार उम्मेदवारी प्रस्तुत गर्न स्वभाविक नभएपछि पाटीको विधि र नियमलाई सबै नेता तथा कार्यकर्ताहरुले पालना गर्दा स्वयंम लाभदायी हुने प्रेस विज्ञप्तिमा लेखिएको छ ।
आफ्नो उम्मेदवारीको चाहनालाई नेपाली कांग्रेसको वडा कार्यसमिति, गाउँ, नगरसमिति, क्षेत्रिय कार्य समिति र जिल्ला कार्यसमिति संघ सरसल्लाह नगरी सामाजिक संजाल वा होटेल चिया पसल र चोकमा वसेर उम्मेदवारी घोषणा गर्ने र टिप्पणी गर्दा र गराउँदा नेपाली कांग्रेस पार्टीका निष्ठावान कार्यकर्ताहरुको मनोवलमा कमी आउन गई संगठन कमजोर हुने सम्भावना रहेकाले विज्ञप्तिमा भनिएको छ ।
पाटीको हित विपरीत क्रियाकलापहरु जो कोहीले पनि गरेको पाईएमा पाटीको विधान अनुसार कार्वाही हुने पाटी सभापति ललित सिह बोहराद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ ।