![](https://siddatopikhabar.com/wp-content/uploads/2021/08/g.jpg)
दार्चुला साउन २९ । भाद्र महिनामा मनाइने गौरा पर्वमा हुने मानिसहरुको भिडभाडमा रोक लगाइएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको शुक्रवार बसेको बैठकले सुदुरपश्चिमेलीहरुको महान पर्व गौरामा हुने मानिसहरुको भिडभाडलाई मध्यनजर गर्दै सामाजिक दुरीको अनिवार्य रुपमा पालना गर्ने गराउने निर्णय गरेको छ । गौरा पर्व मनाउदा सामाजिक दुरी लगायत स्वास्थ्य सम्बन्धि सबै मापदण्डहरुको पालना गरी मनाउने तथा अनावश्यक भिडभाड जन्य कार्यहरुमा रोक लगाइएको जनाएको छ ।
बैठकले जिल्ला भित्र कोरोनाको तेस्रो लहर फैलिन सक्ने अवस्थालाई मध्यनजर गर्दै सबै नागरिकहरुलाई सतर्क र सजग रहन तथा स्वास्थ्य सुरक्षा सम्बन्धि सबै मापदण्डहरुको पालना गर्न अनुरोध गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको माहामारीबाट जिल्ला भित्रका सबै नागरिकहरुलाई सुरक्षित राख्न केन्द्रीय सरकारलाई थप खोप आपुर्तीका लागी अनुरोध गर्ने समेत निर्णय गरिएको छ ।
यस्तै कोरोना भाइरसबाट आम नागरिकलाई सुरक्षा प्रदान गर्न जिल्ला स्थित सबै स्थानिय तहहरुले निर्माण गरेका होल्डिङ सेन्टर, क्वारेन्टनइन र आइसोलेशनलाई व्यवस्थित गर्ने र होल्डिङ सेन्टर, क्वारेन्टनइन र आइसोलेशन निर्माण नगरेको भए तत्काल निर्माण गर्नका लागी पहल गर्ने, नागरिकहरुलाई स्वास्थ्य सम्बन्धि सुरक्षा मापदण्डहरुको कडाईका साथ पालना गराउन स्थानिय प्रशासनले पहल गर्ने र सो को उल्लघंन गर्ने लाई कानुन बमोजिक कारबाही गर्ने निर्णय गरिएको छ ।
यसैगरी स्वास्थ्य संस्था र अस्पतालले अक्सीजन सिलिण्डर, बिरामी शैय्याको व्यवस्था, भेन्टिलेटर लगायत आवश्यक स्वास्थ्य सामाग्रीहरुको व्यवस्थापन गर्ने, उक्त सामाग्रीहरुको व्यवस्थापनका लागी स्थानिय तह, प्रदेश सरकार र संघिय सरकारलाई तत्काल अनुरोध गर्ने, स्वास्थ्यका मापदण्डहरु ९मास्क, सामाजिक दुरी, सरसफाई, सेनेटाईजर० को पालनामा ध्यान दनि प्रचार–प्रसारका लागी जिल्ला स्थित सबै सञ्चार माध्यमलाई अनुरोध गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका अध्यक्ष सिद्धराज जोशीले जानकारी दिनुभयो ।