काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ७८९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार २८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय ६४ जना र २ हजार ७६१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १३ हजार १०७ पुगेको छ । सोही अवधिमा १ लाख ६४ हजार ४७५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा १६ हजार ६१६ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ९९३ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ४६ हजार ३३० पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ९ हजार ७८९ जनाको परीक्षण हुँदा हालसम्म कुल ६३ लाख ९२ हजार ७७० जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९११ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय