काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ४ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ९१ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ५ हजार १३३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ७५ जना र ३ हजार ९५८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १३ हजार ५४४ पुगेको छ । सोही अवधिमा १ लाख २४ हजार ८६७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा १४ हजार ४३५ जना सक्रिय संक्रमितहरुका रहेका छन् । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार ४५४ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ४८ हजार ७८४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ९ हजार ९१ जनाको परीक्षण हुँदा हालसम्म कुल ६४ लाख ०१ हजार ८६१ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९१३ पुगेको छ ।