काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत ¥याडी बेरीले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) को बारेमा झैँझडा गरेर खुला बहस गर्न आवश्य रहेको बताएका छन् ।
शुक्रबार राजदूत बेरीले ट्विटमार्फत जो कोहीले एमसीसीको विषयमा आफ्नो अभिव्यक्ति, विचार राख्न सक्ने तर, हिंसा भड्काउने विचारहरु स्वीकार्य नहुने बताएका हुन् ।
उनले भनेका छन्, ‘हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं, एमसीसीको बिषयमा पनि हाम्रो धारणा त्यहीँ हो। आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहित विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ । तर हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन् ।’