काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ३ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ९६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ३ हजार ५३८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ सय ९८ जना र ३ हजार ५५८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १३ हजार ८९४ पुगेको छ । सोही अवधिमा ७ लाख ६९ हजार ५७६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा १३ हजार ३५७ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार २७२ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ५० हजार ५६ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९१७ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय