दार्चुला । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै दार्चुलामा चुनावी सरगर्मी बढेको छ । आसन्न स्थानीय निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेस दार्चुलाले फागुन ७ गतेदेखि कार्यकर्ता भेटघाट तथा अन्तर्किया कार्यक्रम सुरु गरेको छ ।
प्रजातन्त्र स्थापना भएको दिनको अवसर पारी राष्ट्रिय धाम मालिकार्जुन मन्दिरको दर्शनपश्चात काँग्रेसले आफ्नो चुनावी अभियानको शुभारम्भ गरेको पार्टी सभापति ललित सिंह बोहराले जानकारी दिए । पहिलो कार्यक्रमअन्तर्गत मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ संकरपुर पस्तीमा अगुवा कार्यकर्ता भेटघाट तथा अन्तक्र्रिया गरिएको उहाले बताउनुभयो ।
कार्यक्रम नेपाली काँग्रेस मालिकार्जुन गाउँपालिका कार्य समिति सभापति किशन सिंह सामन्तको अध्यक्षतामा भएको हो । नेपाली काँग्रेस जिल्ला कार्य समिति सभापति ललित सिंह बोहराको प्रमुख आतिथ्यतता रहेको उक्त कार्यक्रममा नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्य समिति सदस्य एवं जिल्ला समन्वय समिति प्रमुख करबीर बहादुर कार्की, प्रदेश सदस्य कलावती सामन्त, जिल्ला कार्य समिति सचिव माधव भट्ट, कोषाध्यक्ष हंसराज भट्ट, सह–सचिव राजु अवस्थी, महाधिवेशन प्रतिनिधि एवं मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामी, महाधिवेशन प्रतिनिधि एवं पूर्व जिल्ला सचिव हरक विष्ट, नेपाल महिला संघ जिल्ला अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि शान्ति बम, जिल्ला सदस्य सरस्वती कुवर, भानसि.ह धामी पालिका कार्यसमिति पदाधिकारी सदस्यहरु, वडा कार्य समितिका वडा सभापतिहरु ल्गायत नेपाल शिक्षक संघ मालिकार्जुनका अध्यक्ष राजेन्द्र सिंह धामी, ८ वटै वडाका क्रियाशिल सदस्यहरु, नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ, दलित संघका पदाधिकारी सदस्यहरुको उपस्थिति रहेको काँग्रेसले जनाएको छ । भेला अन्तर्गत फागुन ९ गते लेकम गाउँपालिका, फागुन ११ गते शैल्यशिखर नगरपालिका, फागुन १२ गते मार्मा गाउँपालिका, फागुन १४ गते अपि हिमाल गाउँपालिका, फागुन १८ गते व्यास गाउँपालिका, फागुन २१ गते दुहुँ गाउँपालिका, २० गते महाकाली नगरपालिका र फागुन २४ गते नौगाड गाउँपालिकामा भेला आयोजना गर्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय