दार्चुला । गरिब घर परिवारको प्रारम्भिक सूचीमा स्वास्थ चौकी हिकिला मा कार्यरत साबित्रि कार्किको नाम आएपछि चरित्र हत्या गर्ने किसिमले विभिन्न संचारमाध्यमले समाचार लेखेको भन्दै दुहु गाउपालिका कर्मचारी युनियन को गम्भीर ध्यानाकर्षण भएको छ । एक प्रेस विज्ञप्ती जारी गर्दै युनियनले समाचारहरु चरित्र हत्या गर्ने खालका भएको बताइएको छ ।
दुहुँ गाउँपालिकामा नेपाल सरकार भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले आर्थिक वर्ष २०७६।०७७ मा गरिब परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रमअन्तर्गत स्वास्थकर्मी कार्कीको नाम आएपछि प्रारम्भिक सूचिलाई नै आधार बनाएर प्रकाशित समाचारहरुले चरीत्र हत्या गर्न खोजेको आरोप छ। गरिब परिवारको प्रारम्भिक सूची¸ गुनासो सुनवाई मार्गदर्शन २०७८ बमोजिम सार्वजनिक गरि गुनासो सुनवाई गर्न गाउँपालिकालाई गरिब सूची¸ मार्गदर्शन र परिपत्र प्राप्त भए बमोजिम गाउँपालिकाले प्रत्येक वडा कार्यालयहरु, गाउँपालिकाको कार्यालयमा र गाउँपालिकाको वेबसाइटमा सूची सार्वजनिक गरी गुनासो सुनवाई अधिकारी समेत खटाई मार्गदर्शन बमोजिम गुनासो संकलन गर्ने कार्य अगाडी बढाइएको र उल्लेखित प्रक्रिया अगाडी बढिरहेकै समयमा सत्यतथ्यको खोजी नगरी नियोजित ढंगले चरित्र हत्या गरिएको कर्मचारी युनियन दुहु गाउपालिकाका अध्यक्ष पुरन सिह साहुले बताए ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs