दार्चुला । जिल्लाको दुहुँ गाउँपालिकामा गत भाद्र १३ गते रातिको अबिरल बर्षा सँगै आएको बिनाशकारी बाढी र पहिरो बाट ज्यान गुमाएका परिवारलाई गाउँपालिकाले नगद राहत रकम सहयोग गरेको छ ।
आईतवार गाउँपालिकामा मृत्यु भएका परिवारका सदस्यहरुलाई बोलाएर उनीहरुलाई प्रति मृतक परिवार ५० हजारका दरले राहत दिएको गाउँपालिकाका सुचना अधिकारी बिरेन्द्र राज जोशीले जानकारी दिए ।
भाद्र १३ गते रातिको अविरल बर्षा सँगै आएको बिनाशकारी बाढी र पहिरोले गाउँपालिकाको वडा नम्बर १ वास्पालिकाका सुरेन्द्र सिह महराका आमा वुवा दुवैको एउटै घरभित्र निधन भएको थियो । त्यस्तै वडा नम्वर ३ निजाङका बसन्ती कार्की र बिमला कार्कीको श्रिमानको निजाङ खोलाको बाढी परि मृत्यु भएको थियो ।
वडा नम्वर ५ दुल्ला बस्ने मनुवा डडालको पनि घरमाथि बाट पहिरो आई घर भित्र मृत्यु भएको थियो । उक्त ५ जना मृतक परिवारका आफन्तलाई गाउँपालिकामा बोलाई सो रकम बितरण गरिएको हो । भाद्र १३ गते रातिको अविरल बर्षा सँगै आएको बिनाशकारी बाढी र पहिरोले दुहुँ गाउँपालिकामा ५ जनाको ज्यान गएको थियो भने सयाँै परिवार घरबार बिहीन भएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय