दार्चुला । जिल्लाको दुहुँ गाउँपालिका वडा न २ हिकिला लस्या स्थायी घर भइ महेन्द्रनगर बस्ने उत्तम बहादुर बमले दुहुँ बाढी पहिरोबाट मृत्यु भएका परिवारका आफन्तलाई नगद राहत दिएका छन । भारतको बंगलोरमा स्टोभक्राफ्ट ८१ होरहल्ली इन्ड्रष्टिज एरिया, कम्पनीमा कार्यरत लजिष्टिक डिपार्टमेन्टका सुपरभाइजर बमले भाद्र १३ गते रातिको अबिरल बर्षा सँगै आएको बिनासकारी बाढीले मृत्यु भएका परिवारका आफन्तलाई नगद ५ हजारका दरले राहत रकम हस्तान्तरण गरेको गौरील माण्डौ माध्यामिक बिद्यालयका शिक्षक एव स्थानिय लोकेन्द्र बहादुर बमले सिद्धटोपी अनलाईन खबरलाई जानकारी दिए ।
दुहुँ गाउपालिका बाढी पहिरोमा परि मृत्यु भएका ५ जना ब्यक्तिका परिवारलाई प्रतिब्यक्ति ५ हजार का दरले जम्मा २५ हजार रुपैया आर्थीक सहयोग गरेका हुन्न । गाउँपालिका उपाध्यक्ष ईश्वरी जोशी र बमका दाजु रण बहादुर बमको हातबाट मृतकका आफन्तहरुलाइ बितरण गरिएको छ ।
उक्त रकम मृतकका आफन्त सुरेन्द्र सिह महर, बसन्ती कार्की , बिमला कार्की र करनसिह डडालले बुझेका हुन। बमले यस अघि पनि बाढी पहिरो पिडित ९ परिवारलाई २२ आना जमिन र ९ परिवारलाई १२ लाख रुपैयाँ नगद सहयोग गरेका छन । बमले गरेको सहयोग को कार्यलाई स्थानीय ब्यक्ति, पिडीत परिवार र गाउँपालिकाले प्रशंसा गरेका छ ।