काठमाडौं । पछिल्लो समय नेकपा (एमाले) ओली पक्षलाई तारो बनाउदैँ आइरहेकी सोही पार्टीको माधव नेपाल पक्षकी नेतृ रामकुमारी झाक्रीलाई मन्त्री भन्दा ठूलो पद दिने तयारी भएको छ । झाक्री लगायत नेपाल पक्षका हार्डलाइनरकै कारण माधव नेपाल यतिबेला ईतिहासकै कठिन मोडमा छन् । उनी नयाँ पार्टी खोल्ने अन्तिम तयारीमा रहेको स्रोतले दाबी गरेपनि उनी पक्षीय मानिएका केही नेताहरुले साथ नदिने भएपछि केही दिन पर्ख र हेरको रणनीतिमा छन् । नेतृ झाक्री शिक्षा मन्त्री बन्न लागेको कुरा बाहिरिए पनि उनलाई त्यो भन्दा ठूलो अफर आएको छ । संघीय संसदको प्रतिनिधि सभामा उपसभामुख रिक्त रहेको २० महिना पुग्न लागेको छ । दुई दुईपटक विघटन भएको प्रतिनिधि सभालाई लामो राजनीतिक र कानुनी संघर्षपछि पुनर्स्थापना गरिए पनि उपसभामुख चयन हुन सकेको छैन ।
२०७६ माघ ६ गते उपसभामुखबाट शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि रिक्त रहेको सो पद पूर्ति गर्ने विषयमा अहिलेसम्म ठोस निर्णय भइसकेको छैन । तर, सत्तारुढ गठबन्धनभित्र भने सभामुख चयन गर्ने विषयले छलफल पाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्तामा पु¥याउन निर्णायक भूमिका निर्वाह गरेको नेकपा एमालेको माधवकुमार नेपाल समूहबाट उपसभामुख बनाउने विषयमा छलफल भइरहेको राजनीतिक वृत्तमा चर्चा छ । सरकारमा जान नमिल्ने भएपछि नेपाल समूहले आफूलाई उपसभामुख दिनुपर्ने बताएको बताइएको छ । संवैधानिक व्यवस्थाअनुसार एउटै दलको र एउटै लिङ्गको सभामुख र उपसभामुख बन्न पाउँदैनन् । यसर्थ अहिले माओवादी केन्द्रका नेता अग्नि सापकोटा सभामुख छन् । उनी पुरुष पनि भएकाले अब माओवादी बाहेकका दलबाट महिलालाई उपसभामुख बनाउनु पर्ने संवैधानिक बाध्यता छ । यसर्थ एमालेको नेपाल समूहले आफूलाई उपसभामुख दिनुपर्ने गठबन्धनमा कुरा राखेको छ । नेपाल समूहबाट महिला उपसभामुख हुने भएकाले सांसद रामकुमारी झाँक्रीको नाम चर्चा रहेको छ । झाँक्रीलाई उपसभामुख बनाउने गरी छलफल भइरहेको बताइएको छ । छलफलका क्रममा रहेकोले अहिले नै झाँक्री उपसभामुख बन्ने भन्ने निश्चित नभए पनि उनको सम्भावना प्रबल रहेको स्रोतले बतायो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय