काठमाडौं । आज (बिहीबार) बस्ने प्रतिनिधि सभा बैठकमा अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धी छलफल हुने भएको छ ।

 

आजको प्रतिनिधि सभाका लागि दुईवटा सम्भावित कार्यसूची रहेका छन् । जसमा एमसीसी सम्झौताबारेको छलफल रहेको छ । अर्को कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बढुले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

 

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र एमसीसीबीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भनि प्रस्ताव प्रस्तु गर्ने कार्यसूची तय भएको संघीय संसदका महासचिव डा भरतराज गौतमले जानकारी दिए ।

 

गत आइतबारको बैठकमा सरकारले एमसीसी सम्झौता टेबल गरेको थियो । एमसिसी सम्झौताअनुसार यही फागुन १६ गतेसम्म उक्त प्रस्ताव संसद्बाट अनुमोदन गरिसक्नुपर्छ ।

सत्ता गठबन्धनका अन्य दललाई पनि एमसिसी अनुमोदनका लागि सहयोग गर्न आग्रह गर्दै छलफलको प्रयास जारी राखेको छ । पाँच दलीय गठबन्धनमा माओवादी केन्द्र र एकीकृत समाजवादीभित्र एमसीसीको विषयमा विवाद रहेको छ । संसदबाट एमसीसी पास गर्न नसकिने निर्णय सोमबार नै एकीकृत समाजवादीले गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय