
अंकित कुँवर बैतडी । देशैभर एमसिसिको बिरोध भए सँगै बिप्लव निकट नेपाल कम्युनिष्ट पार्टी बैद्य निकट नेकपा क्रान्तिकारी माओबादी र बिप्लव निकट अखिल क्रान्तिकारी बिद्यार्थी सङगठनले एमसिसिका बिरुद्ध बिहीबार (आज) जिल्ला प्रशासन कार्यालय बैतडी अगाडी प्रर्दशन गरेको छ ।
सोही क्रममा आज बैतडी जिल्ला प्रशासन अगाडि बिरोद्ध प्रर्दशन सहित घेराउ कार्यक्रम गरिएको अखिल कान्तिकारी बिद्यार्थी सङगठनका केन्दीय सदस्य सुरेन्द्र धानुकले सिद्धटोपी खबरलाई बताउनुभयो । साहिलेक बजारबाट नारा जुलुस सहित बिरोध प्रर्दशन गर्दै गोठलापानी हुदै जिल्ला प्रशासन अगाडि बिरोध प्रर्दशन गरिएको हो ।
संसारका श्रमिक तथा उत्पडीत जनता एक हौ, माक्सबाद लेलिनबाद माओबाद जिन्दाबाद , राष्ट घाती एमसिसि चाहिदैन देश बेच्न पाइदैन, नारा, जुलुस, प्लेकार्ड सहित बिरोद् प्रर्दशन गरिएको बताएका छन् । हिजो देहिमाण्डौमा मसाल सहित जुलुस निकालिएको थियो ।सोही कार्यक्रम आजै पुर्चौडी नगरपालिकामा पनि गरिएको बताएको छ । यसैबिच भोलि गोठलापानी र साहिलेकमा कोण सभा कार्यक्रम गरिने बिप्लव निकट नेपाल कम्युनिष्ट पार्टी बैतडी जिल्ला सचिव राम सिहं कृवरले बताउनुभयो ।
एमसिसिको बिरुद्धमा बोल्दै सचिव कृवरले राष्ट्रिय स्वाधीनताका लागि हामी सबैले एक ढिक्का भएर अगाडी बढ्नुपर्ने अवस्था आईसकेको र कुनैपनि हालतमा एमसिसि पारित गर्न नदिने बताउनुभयो ।
अहिले देशभरि नै एमसिसिको बिरुद्धमा ठाउँठाउँमा प्रर्दशन जारी छ ।