काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ६२८ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ५ हजार ४५२ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ सय ५८ जना र ३ हजार १७६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १५ हजार ९२५ पुगेको छ । सोही अवधिमा १ लाख २२ हजार ४९३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा ९ हजार २८० जना सक्रिय संक्रमितहरुका रहेका छन् ।
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५ सय ५५ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ५५ हजार ४५८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ८ हजार ६२८ जनाको परीक्षण हुँदा हालसम्म कुल ६४ लाख ६१ हजार ४०० जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९३२ पुगेको छ ।
news 24 बाट साभार