अंकित कुँवर बैतडी । बैतडी र दार्चुलाको सिमाना डिलाशैनी गाउँपालिका ६ स्थित गोकुलेश्वर महादेव मन्दिरमा महाशिवरात्री पर्वको तयारी सुरु गरिएको स्थानीय समाजसेवी सुरेश श्रेष्ठले सिद्धटोपी खबरलाई जानकारी दिनुभयो ।

 

महान पर्व शिवरात्री मेलालाई मध्यनजर गरेर मन्दिर परिसरमा सरसफाई गर्नुका साथै टल्काउने काम समेत गरिएको छ । चन्दा संकलन गरेर मन्दिरमा रंगरोगन कार्य सम्पन्न गरिएको छ । गोकुलेश्वर महादेव मन्दिर ऐतिहासिक र पौराणिक महत्व बोकेको मन्दिर भएपनि उचित प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । परापूर्वकालमा मानसरोवर जाने तिर्थालुहरु सोही मन्दिरमा राती बास बसेर जाने गरेको समेत श्रेष्ठले बताए । चरणावती अर्थात चमेलिया नदीको किनारमा अवस्थित गोकुलेश्वर महादेव मन्दिरको महिमाको बारेमा स्कण्द पूराणमा समेत उल्लेख गरिएको संस्कृतिका जानकारहरुले बताएका छन् ।

 

गोकुलेश्वर क्षेत्रमा महाशिवरात्रीको अवसरमा भव्य मेला लाग्ने गर्दछ । बैतडी र दार्चुला दुवै तर्फ मेला लाग्ने गरेको छ । गोकुलेश्वरको मेलामा भक्तजनहरु पुग्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय