अंकित कुँवर बैतडी । गुणस्तरिय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता भन्ने मुलनाराका साथ २४ औँ स्वास्थ्य सेवा दिवसको अवसरमा आज एक औपचारिक कार्यक्रमका गरी स्वास्थ्य कार्यालय बैतडीले कार्यालय द्धारा संचालित कार्यक्रमहरुको वारेमा जानकारी तथा भावि कार्ययोजनाको वारेमा पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन गरेको छ । कार्यालयले सुचना मार्फत जनस्वास्थ्य प्रवद्धनका लागि पत्रकार अन्तरक्रिया कार्यक्रम आज जिल्ला प्रशासन कार्यलय बैतडीको सभाहलमा सम्पन्न भएको हो । कार्यक्रममा कार्यालय प्रमुख योगेश भट्टले कार्यालय वाट सम्पादन भएका मुख्य कार्यक्रम तथा समुदायमा परेको प्रभाव र भावि रणनितीको वारेमा जानकारी गराएका हुन् । औषधिको सहि सदुपयोग भैरहेको, सामान्य ज्वारो आएको खण्डमा समेत नियमित रुपमा स्वास्थ्य परिक्षण गर्ने लगायत प्रतेक स्थानिय तहका बिद्यालयहरुमा बिद्यार्थीहरको नाक, कान, छाला तथा घाँटी जाँच शिबिर संचालनमा रहेको बताउनुभयो ।
विश्वमा महामारीको रुपमा फैलिएको कोभिड १९ रोकथाममा हालसम्म्म बैतडीमा १ लाख ३२ हजार ५४६ जनाले कोरोना भाईरस बिरुद्धको पुर्ण खोप लगाएका छन् । जिल्लामा १ लाख ४२ हजार ६२९ जनाले खोपको पहिलो मात्रा लगाएको जानकारी गराउनुभयो । कार्यालयका नियमित कार्यक्रमहरु लगाएत कोभिड नियन्त्रण, नसर्ने रोग नियन्त्रण र फोहोर व्यवस्थापन कार्यक्रम समेत अघि सारेको कायालयका जनस्वासथ्य निरिक्षक भुवन जोशीले जानकारी दिनुभयो ।
कार्यक्रमा स्वास्थ्य कार्यलायका प्रमुख योगेश भट्ट, निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारती, बिभिन्न मिडियाका पत्रकार, जिल्ला प्रहरी कार्यलयका प्रहरी निरिक्षक बोध राज ओझा लगायत बिभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागीता रहेको थियो भने कार्यक्रमको संचालन जनस्वास्थ्य निरिक्षक भुवन जोशी गर्नुभएको थियो ।