
दार्चुला: जिल्लाको दुहुँ गाउँपालिकामा यहि फागुन १८ गतेदेखि सामाजिक सुरक्षा भत्ता वितरण गरिने भएको छ । आर्थिक वर्ष २०७८÷०७९ को दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता फागुन १८ गतेदेखि वितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र सिंह बडालले जानकारी दिए । उहाका अनुसार वडा नम्बर १ र २ का सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरुलाई नेपाल इन्भेष्टमेण्ट बैंक हिकिला शाखा र वडा नम्बर ३, ४ र ५ का लाभग्राहीलाई सम्बन्धित वडा कार्यालयबाटै वितरण गरिने छ ।
वडा नम्बर १ मा फागुन १८ देखि १९ गतेसम्म, वडा नम्बर २ मा फागुन २० देखि २२ गतेसम्म, वडा नम्बर ३ मा फागुन २३ देखि २५ गतेसम्म, वडा नम्बर ४ मा फागुन २६ देखि फागुन २७ गतेसम्म र वडा नम्बर ५ मा फागुन २९ गते वितरण गरिने जनाइएको छ । गाउँपालिका अन्तर्गतका सम्पूर्ण सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीलाई तोकिएका सम्बन्धित स्थानबाट बुझिलिन हुन गाउँपालिकाले सूचित गरेको छ ।