दार्चुला: नेपाली सेनाको स्थापना दिवस तथा महाशिवरात्रीको अवसरमा नेपाली सेनाको गुरु गोरख गुल्मले आयोजना गरेको पुरुष भलिवल प्रतियोगिता आजबाट सुरु भएको छ । प्रतियोगिताको दार्चुला स्थित नेपाली सेनाको विकास निर्माण कार्यदल गणका गणपति रमेश गुरुङ्गले उद्घाटन गर्नु भएको छ । गणपति गुरुङ्गले रेफ्री श्यामराज अवस्थीलाई भलिबल हस्तान्त्रण गर्दै प्रतियोगिताको उद्घाटन गर्नु भएको हो । साथै उहाले प्रतियोगितामा सहभागी सबै टिमलाई जितको शुभकामना प्रदान गर्नु भएको छ ।

   फागुुन १७ गते परेको सेना दिवस तथा महाशिवरात्रीको अवसरमा नेपाली सेनाको गुल्मले पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेको हो । राष्ट्रका लागी खेल स्वास्थ्यका लागी खेल भन्ने नारालाई सारथकता दिन तथा नेपाली सेना संग अन्य संघ संस्थाहरुको सम्बन्ध कायम होस भन्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको गुल्मले जनाएको छ । प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, पत्रकार महासंघ, भिडि जोशी प्रतिष्ठान, महाकाली नगरपालिका र महेन्द्र नमुना माध्यमिक विद्यालयले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको पहिलो खेल आयोजक गुरु गोरख गुल्म र सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण गण हेडक्वाटर दार्चुला बिच भएको थियो । पहिलो खेलमा आयोजक नेपाली सेनाको गुरु गोरख गुल्मले सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलालाई लगातार सोझो सेटमा हराएको छ ।
आयोजक नेपाली सेनाले २५–९, २५–१६ र २५–१५ मा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलालाई हराएको रेफ्री भोजराज जोशीले जानकारी दिनुभयो । यस्तै प्रतियोगिताको पहिलो दिन जम्मा ४ खेल भएका छन् । पहिलो खेल आयोजक नेपाली सेना र सशस्त्र प्रहरी बलका बिचमा भएको थियो, भने दोस्रो खेल भिडि जोशी स्मृति प्रतिष्ठान र नेपाल प्रहरीका बिच भएको थियो । यसैगरी तेस्रो खेल नेपाल पत्रकार महासंघ र महाकाली नगरपालिकाका बिच र चौथो खेल आयोजक नेपाली सेना र महेन्द्र नमुना माध्यमिक विद्यालय बिच भएको थियो । भोली दोस्रो दिनका खेलहरु विहान ८ बजे देखी खेलाइने आयोजकले जनाएको छ । दोस्रो दिनको पहिलो खेल नेपाल पत्रकार महासंघ र भिडि जोशी स्मृति प्रतिष्ठानका बिचमा हुनेछ । भलिबल प्रतियोगिता नेपाली सेनाको गुरु गोरख गुल्म परिसर भित्र भइरहेको छ । प्रतियोगितामा स्थान हासिल गर्ने तथा सहभागी टिमलाई मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । लिग चरणमा खेलाइएको भलिबल प्रतियोगिताको फाइनल खेल फागनु १७ गते सेना दिवस तथा महाशिवरात्रीका दिन खेलाइने जनाइएको छ । Dfm

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय