दार्चुला : नेपाली सेनाको स्थापना दिवस तथा महाशिवरात्रीको अवसरमा नेपाली सेनाको गुरु गोरख गुल्मले आयोजना गरेको पुरुष भलिवल प्रतियोगितामा आयोजक नेपाली सेना र सशस्त्र प्रहरी बल फाइनलमा प्रवेश गरेका छन् । नेपाल पत्रकार महासंघको टिमलाई सशस्त्र प्रहरी बलको टिमले सोझो ३–० सेटमा हराउदै फाइनलमा प्रवेश गरेको हो भने, नेपाल प्रहरीलाई सोझो ३–० सेटमा हराउदै आयोजक नेपाली सेना पनि फाइनलमा प्रवेश गरेको रेफ्री भोजराज जोशीले जानकारी दिनुभयो । फाइनल खेल भोली विहान ११ बजे हुने आयोजकले जनाएको छ ।