दार्चुलाः नेपाली सेनाको स्थापना दिवस तथा महाशिवरात्रीको अवसरमा नेपाली सेनाको गुरु गोरख गुल्मले आयोजना गरेको पुरुष भलिवल प्रतियोगिताको उपाधि आयोजक नेपाली सेना लाई परेको छ । आयोजक नेपाली सेनाले सशस्त्र प्रहरी बलको टिमलाई सोझो ३–० सेटमा हराउदै उपाधी हात पारेको हो । ७ टिमलाई पछि पार्दै आयोजक नेपाली सेना र सशस्त्र प्रहरी बल फाइनलमा प्रवेश गरेका थिए ।
सेना दिवसको अवसर पारी नेपाली सेनाले मैत्रीपूर्ण खेल, सद्भाव र मेल, शत्रुताको नाश, मित्रताको बास भन्ने सुन्दर सोलोकन सहित भलिबल प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, पत्रकार महासंघ, भिडि जोशी प्रतिष्ठान, महाकाली नगरपालिका र महेन्द्र नमुना माध्यमिक विद्यालयले सहभागिता जनाएका थिए । भलिबल प्रतियोगिता नेपाली सेनाको गुरु गोरख गुल्म परिसर भित्र भएको हो । प्रतियोगितामा प्रथम, द्धितिय स्थान हासिल गर्ने तथा सहभागी टिमलाई मेडल र प्रमाणपत्र प्रदान दिईएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय