काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ५०४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

मन्त्रालयका अनुसार ४ हजार ४५८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ९२ जना र २ हजार ४६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार ५२९ पुगेको छ । सोही अवधिमा १ लाख ८ हजार १४० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा ७ हजार ९७१ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

 

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ५०४ जनाको परीक्षण हुँदा हालसम्म कुल ६४ लाख ९१ हजार १०७ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९३८ पुगेको छ ।

                                                                                       साभारः news24

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय